Fursad Times शुक्रबार, फाल्गुण १४, २०७७

भक्तपुर – मोडल तथा नायक पल साह विरुद्ध प्रहरीमा उजुरी परेको छ। शाह हाल नयाँ म्युजिक भिडियो सुटिङका लागि धरानमा भएको बेला उनले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्। उजुरी परेपछि दुवैपक्षलाई प्रहरीले छलफलका लागि बोलाएको छ । म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका साहको निर्देशनमा उनका सहयोगीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।