Fursad Times मंगलबार, फाल्गुण ११, २०७७

भक्तपुर । सुमधुर स्वरकी धनी मेलिना राईको मिठो आवाजमा ‘ तिम्रो दिलको मेरो तस्बिर ‘ बोलको गीत जापानबाट सार्वजनिक भएको छ । गोबिन्द बिस्टको शब्द , केदार मल्लको संगीत रहेको गीत जापानको बिभिन्न स्थानमा छायाकन गरिएको छ । जापानमा कार्यरत मोडेल सिरिस गौतम ,बिनिता आचार्य र शिर्जना घिमिरेले अभिनय गरेको भिडियो दर्सकहरूले मन पराउने बिश्वस लिएको छ । भिडियो जियमस म्यूज़िक एंड फ़िल्मसको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । छायाकांन ,सम्पादन र निर्देशन पनी गोबिन्द बिस्ट आफैले गरेका छन ।

भिडियो हेर्नुहोस्-