Fursad Times शुक्रबार, माघ ३०, २०७७

भक्तपुर , ३० माघ : आइपीएल अक्सनमा नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेको न्युनतम मूल्य (बेस प्राइस) सार्वजनिक गरिएको छ । १४औँ सिजनको आईपीएल अक्सनमा उनको बेस प्राइस ४० लाख भारु राखिएको छ ।
सन्दीपसहित अक्सनमा अन्य ७ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका थिए । अक्सनका लागि क्यानले सन्दीपसँगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनाश बोहराको नाम पठाएको थियो । यीमध्ये अक्सनमा सन्दीपको नाम मात्र समावेश भएको हो । आईपीएल २०२१ को अक्सन यही १८ फेब्रुअरीमा हुँदैछ ।