Fursad Times आइतबार, जेठ ३२, २०७७

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बइको बान्द्रास्थित आवासीय क्षेत्रमा रहेको आफ्नो घरमै आत्महत्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । ३४ वर्षका उनले झुण्डिएर आत्महत्या गरेको रिपोर्टमा जनाइएको छ ।

सुशान्तकी पूर्व म्यानेजर दिशा सालिनले पनि गत हप्ता मात्र आत्महत्या गरेकी थिइन् । सुशान्तले दिशाको आकस्मिक मृत्युबारे ट्वीट गरेर दुःख व्यक्त गरेका थिए । सुशान्तले २०१४ मा काइ पो छे मार्फत बलिउड डेब्यू गरेका थिए । उनले भारतीय क्रिकेट टोलीमा पूर्वकप्तान महेन्द्र सिंह धोनीको बायोपिकमा धोनीको भूमिका गरेका थिए । यस बाहेक केदारनाथ, पीके लगायतका फिल्ममा उनको भूमिका सम्झन लायक थिए ।

भिडियो हेर्न तल लिंक थिच्नुहोस :

https://youtu.be/hb6xyjrZJZQ