Fursad Times बिहिबार, माघ ०८, २०७७

भक्तपुर । चलचित्र के माया लाग्छ र को “दैव तैले” बोलको गीत रिलिज भएको छ । गायक राजेश पायल राइको आवाज रहेको गीतमा सुभाष गौतमको शब्द आशिष् अबिरलको संगीत र एरेन्ज रकेको छ । मीन कुमार अधिकारी को निर्माण ,रोशन पोख्रेल र लक्ष्मी कुवर को सहनिर्माण अनि शंकर अधिकारी घायल को लेखन निर्देशन अनि प्रस्तुती रहेको के माया लाग्छ र मुविको गीत ओएस आर मुवि बाट रिलिज भएको छ ।   चलचित्रमा राजु पौड्याल ,रोशिका राया, प्रीतिका शर्मा गङा कुवर, पदम सुनार रबि खड्का डिके हमाल र द्वन्द निर्देशक देव महर्जन को अभिनय रहेकोछ भने कृष्ण पाण्डे को छायांकन , डिके हमाल को श्रृङ्गार र नृत्य देव महर्जन को द्वन्द ,अन्जली थापाको सम्पादन र शंकर अधिकारी घायल को लेखन/ निर्देशन रहेकोछ।