Fursad Times बुधबार, माघ ०७, २०७७

भक्तपुर । नेपाली लोक गीतमा लामो समय काम गरेका लोक गायक तथा संकलक रत्न बानियाँको बुधबार विहान निधन भएको छ ।

झरना संगितका मालिक समेत रहेका बानियाँको दुवै मृगौलाले काम गरेका थिएनन । लामो समयदेखि मृगौलाको उपचार गराइरहेका थिए । नेपाली लोक दोहोरी क्षेत्रका धेरै कलाकार उहाँकै सहयोगमा स्थापित भएका हुन्। कलाकारको तर्फबाट पनि धेरै कोसिस गरियो बचाउन सकिएन।’ भन्दै लोक गायिका टीका पुनले भनिन । गायक बानियाँका तिम्रो ल्वाङ सुपारी रोइला भाका, दिनै र हो भरी सालैजो, यतिराम्रो झिल्के कौरा, लगायत पानमा सुपारी, जिन्दगी के छ र, एक्लै भएर, छैन जानु कहीँ, पोखरा फेवाताल लगायतका लोक गितहरु छन। बानियाँ करिव ८/१० वर्षदेखि मृगौलाको उपचार गराइरहेका थिए।