Fursad Times आइतबार, माघ ०४, २०७७

भक्तपुर । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीय बालिकालाई बलात्कृत भएकी रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जनाएका छन् । ती बालिकाको अहिले काठमाडौस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ। तिलोत्तमा नगरपालिका कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको पोखरेलले बताए।

बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गसिकेको छ। कपिलवस्तु बाणगंगा वडा नं १२ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विकलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिसकेको छ।

बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागि आइतबार नै जिल्ला अदालत रुपन्देही पठाइएको छ। बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खोल्सामा अचेत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी पोखरेलले बताए। साँझ ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ८ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेको र बालिका खोल्सामा भेटिएकी थिइन्। त्यसपछि बालिकालाई उपचारका लागि रुपन्देहीको अस्पतालमा पठाइएको र त्यहाँ उपचार हुन नसकेपछि काठमाडौ ल्याइएको हो।