नारायण बस्नेत जलन मंगलबार, पौष ०७, २०७७

बरहथवा -२ सर्लाही – देश बनाउन भनेर गाउँ गाउँ छिरेर आफ्नो पार्टीको लागि भोट माग्दै हिड्ने ती अनुहार जसलाई कुनै लाज छैन । तिनिहरुलाइ कुनै सरम छैन र तिनका कुनै धर्म छैनन । देशको ढुकुटी सक्नको लागि जनतालाइ भोज खुवाइ
पछि सत्तामा पुगे असुली गर्ने राजनेताहरुलाइ जनताले आफ्नो अनुहारको ऐना बनाइ सकेका छन । भोट कुन हैसियतले माग्ने हो अब जसले करोडौं जनताको साथ पाउदानी केही गर्न सकेनन । दाजुभाइको झगडा लगाइ अनि दुनियाँको परिवारमा कलह जगाइ सत्तामा पुगेकाले आज यो दिनमा यस्तो गर्छ्न भन्ने थाहा पाको भए आफ्नो खर्च गरेर भोट हालेको समय कुनै राम्रो काममा लगाउथे होला। नालायक नतर्की जस्तो व्यबहार जनतालाई देखाउछ्न ।
आफ्नो औकात केहो हिजो आज छर्लङ्ग पारेका छ्न । अब उप्रान्त भोट माग्ने हरुले आफ्नो अनुहार ढाकछोप गरि आउनु नत्र जनताले लगाउने चप्पल गलाको माला हुनसक्छ । कोहि भन्थे नेपाललाई सिंगापुर बनाउछु र कोहि भन्थे नेपाललाई स्विजरल्याण्ड बनाउछु जसले आफ्नो परिवार बनाउन सक्दैन उसले यस्तो कल्पनामा डुब्नु भन्दा एक चम्चा पानीमा पौडी खेल्नु बेस हुन्छ । नेपालीको भु भाग दुई मित्र राष्ट्रबाट कोदाली प्रयोग गरि छिमेकीले खेतको आलि खनेर अरुलाइ औंला ठाडो पारेको जस्तो भएको छ । हाम्रो देश सुन्दर र शान्त थियो कुन देशको नजर लाग्यो कुनि कहिल्यै बिकाश हुदैन र कोहि पनि खुशी र शान्ति संग बस्न पाएका छैनन । राजा फालेका जनताले भनेर आरोप लगाए पनि राजनीतिक दल संग पनि जनता वाक्क भै सके यहाँ जनताको मानो नभरिने तर नेताको भकारी कहिलै खाली नहुने । अब जनताले राजनीतिक दललाइ पनि यसरी फाल्छ्न कि ऐया पनि भन्न पाउने छैनन । मुसाको दुलोमा लुकेर बस्ने दिन आएको छ । अब देशमा एउटा सिंह आउँछ बाकी स्यालहरु कुखुरा चोर्न गाउँतिर लागि पर्छन । स्यालहरुले आफ्नो घरलाई पनि कुखुरा सम्झेर चारैकुना लुछाचुडी गरेर भाग भण्डा नमिल्दा छिमेकीको सहयोग मागेर कुखुरा भाग लगाए तर पनि चित्त बुझेन अनि आ आफ्नो भाग फिर्ता गराएर मौन रहे । सिंह गर्जेको सुनेर हो या सत्ता मोहले हो मनमा कुविचार नराखी समर्थन गर्नेहरु पनि हेरफेर हुन थालेको छ्न । मेरो देशको राजनीति पनि बिहारको बाटोमा दिशा गरेर फोहोर पारेको जस्तो भाको छ