यो संसार अनौठो छ र यहि संसारमा मानव जातीको जन्म भएको छ।उसले आफ्नो फाइदाको लागि दुनियाँ मानिसको बलि चढाउछ झन खसी बोकाको कुरालाई त परै छाडिदिउ।मानव जातिले नचाहेको भने केही छैन । उसलाई सबैथोकको आवश्यकता पर्दछ । मानिस धन चाहान्छ मन फाली दिन्छ । उसलाई अरुको जे देख्यो तेहि चाहिन्छ । आफ्नो मन सम्हालेर राख्न नसक्नेले धन के समाल्न सक्ला यसमा उ आफै संका गर्न पछि पर्दैन। मानिसको मन यस्तो सम्म हुन्छ जब उ आर्यघाट जान्छ अरु जलेको देख्छ र मनमा सोच्छ जति समय खर्चेर यो शरीरलाई दु:ख दिए पनि आखीर जानुपर्ने नांगै रहेछ ।मानिसले जति कमाए पनि रित्तो हात बोकेर सारा दुनियाँ छाडी एक्लै जानु पर्ने रहेछ। आफुलाइ केही थाहा नहुने तर दुनियाँ आँसु झार्ने हुदा रहेछ्न । आफुले ओढेर जाने कात्रोमा गोजि भए सबै तेस्मै पो हालेर लान्थे कि भन्ने कुरामा उ संन्कालु दिमाग ले सोच्न थाल्छ । लाने हामिले केही होइन रहेछ फेरि तेहि मानिस त्यहा बाट स्वतन्त्र भै सकेपछि आज तेसलाइ ठग्न पाए अलिकति मुनाफा हुन्थ्यो । हिजो घाटा लागेको आज पुरताल गर्नु पर्यो भन्दै अघि लास डढाउदाको कुरा सबै बिर्सिन्छ । जति सक्दो बटुलौ भन्नेतिर उ पछि लागी परेको हुन्छ । पैसाले उसको शरीर थिचेर बिरामी हुदा पनि उसलाई कुनै चिन्ता हुदैन । जब उ उठ्नै नसक्ने गरि थला पर्छ अनि उसले बुझ्छ जिवनको मुल्य र मान्यता । अनमोल जिवनको कुनै प्रवाह नगरी धन मात्र बटुल्ने उसको उदेश्य बेकार भयो भन्दै आफुलाइ नै धिकारछ । मनग्ये पैसा भएर पनि उ गरिब भको छ किन भने त्यो पैसाले उसले आफ्नो शरीर जोगाउन सक्षम हुन सक्दैन । पैसा नै सबैथोक हो भनेर पैसाको पछि पछि कुद्ने आज पैसाले नै थिचेर मर्ने हरु पनि कति होलान। मानिसको मन अर्काको धनमाथी लोभिदै गाको छ अर्काको सामानमा नजर डुलाउन थालेका छ्न ।पैसाको लोभमा ज्यान बाजि लगाइ प्राण त्याग्नेको कमि नभएको सर्वेक्षणले जनाएको छ । को आफन्त अनि को पराइ को सत्रु को मित्र चिन्दैन उ तेसैले साथी यो संसार नै छ यस्तै बिचित्र। मर्ने मरिरहेको हुन्छन् शुख भोग गर्ने थिचो मिचो गरेर आफ्नो जीवन आराम संग बिताइ रहेको हुन्छन