Fursad Times बिहिबार, मंसिर १८, २०७७

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलि फिल्म ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारीको अभिनय रहेको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ ।
गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारी निर्माता रहेको टेलि सिरेल को
प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलि सिरेल का सहायक निर्देशक राम जे राउत हुन् ।
निर्देशक कुमारका अनुसार टेलि सिरेल आगामी माघ ३ गते शनिबार नौ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ ।           भिडियो  : https://youtu.be/O-_KBq2LS7I

https://youtu.be/O-_KBq2LS7I