Fursad Times शनिबार, कार्तिक ०८, २०७७

भारतीय चर्चित गायिका नेहा कक्कर र रोहनप्रित वैवाहिक बन्धनमा बाँधिएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्।
आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्। यसअघि उनीहरूले मेहेन्दी र हल्दी समारोहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए।
उनीहरूले अक्टोबर २२ मा उनीहरूले विवाह दर्ता गरेका थिए। विवाह दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले विवाह गरेका हुन्। रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ।