Fursad Times शनिबार, चैत्र २९, २०८१

भक्तपुर हङकङमा जारी चारदेशीय टी (२० सिरिजको फाइनलमा नेपाल पुगेको छ। नेपालले शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल खेल्दै गर्दा वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो। नेपालले टस जितेर पहिले बलिङ गरेको खेलको ९ ओभरके समाप्ति हँदा सम्म हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षा बाधा बन्दा खेल रोकिँएर रद्द भएको हो। लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराएको थियो। शनिबार भएको लिगको अन्तिम खेलमा हङकङ विरुद्ध बलिङ गरिरहँदा खेल वर्षाले रद्द भयो। यससँगै नेपालले तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्‍यो। त्यस्तै आजै भएको खेलमा कतारलाई पराजित गर्दै कुवेतले पनि फाइनलमा स्थान पक्का गरेको छ । अब नेपाल र कुवेतबीच भोलि उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।