भक्तपुर चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गए राति सायल गाउँपालिका (६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लागेर लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।