Fursad Times बिहिबार, आश्विन २२, २०७७

भक्तपुर । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल र अन्य देशमा यो वर्षको दशैको टिकाको साइत निकालेको छ । नेपालमा मात्र नभै नेपाल बाहिर बसोबास गर्दै आइ रहेका नेपालीको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत निकालेको हो ।

नेपाल वाहेक अन्य मुलुकमा पनि नेपाली हिन्दुहरुको बसोबास रहेकाले अन्य मुलुकमा पनि टिकाको लागि उत्तम साइत जुराउने गरिएको छ । यि २४ वटा देशमा धेरै नेपालीको बसोबास रहेको र माग बमोजिम टीकाको साइत तयार पारिएको जानकारी समितिको बिहीबार बसेको बैठकमा यी समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दशैंको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिए ।  समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ ।