नबिन आइतबार, माघ २०, २०८१

धुलिखेल । पछिल्लो दिनहरुमा धुलिखेल अस्पताल प्रति आम नागरिककाे गुनासाे बढ्दाे छ। नेपाल सरकारकाे बिमा कार्यक्रमका बिरामिहरुलाई उपचार गर्न हिचकिचाउने तथा जटिल र गम्भीर बिरामिलाइ समेत सामान्य हाे भन्दै घर पठाउने र राेक निकाे नभएर थला परेर अन्य अस्पतालमा गएर लाखौं खर्च गर्नुपरेकाे जनगुनासाे छ।

यसै बिषयलाइ लियर केही दिन अघि धुलिखेल अस्पतालले ठिक छ घरमा गएर आराम गर्नुस भनेर पठाएको बिरामि झन सिकिस्त भएपछि सिर मेमाेरियलमा गएर जाँच गर्दा निमाेनिया भैसकेकाे भन्दै आज समग्र नागरिकको स्वास्थ प्रति धुलिखेल अस्पतालले गम्भीर लापरबाही गरेकाे भन्दै स्वास्थ तथा जनसंख्या मन्त्रालय,जिल्ला स्वास्थ कार्यलय काभ्रे, तथा धुलिखेल अस्पताललाई बाेधार्थ राख्दै जिल्ला प्रशासन कार्यलय काभ्रेमा विज्ञप्ति/ध्यानाकर्षण पत्र बुझाइएकाे छ। याे कुनै ब्यक्ति विशेष, राेग बिशेषकाे ध्यानाकर्षण नभइ समग्र आम नागरिककाे स्वास्थ्य माथि गरिएको लापरबाहीकाे बिषयमा गरिएको सम्पूर्ण नागरिकको तर्फबाट गरिएको खबरदारी हाे। याे सुरुवात हाे । धुलिखेल अस्पतालले गल्ति स्विकार्दै बेलैमा नसच्चिए सम्पूर्ण आम नागरिक, स्वास्थ सेवा पिडित सबै एक भएर अस्पतालकाे लापरबाही बिरुद्ध बाेधार्थ गरिएको सम्पूर्ण नियामक निकायमा कारबाहीकाे लागि आन्दोलन गर्न जाने र साे कुराले अस्पतालकाे गरिमा र स्वास्थ्य सेवा प्रति असर पर्न सक्ने हुदा बेलैमा ध्यान जाओस भन्न चाहान्छौ।