भक्तपुर – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग दोस्रो पटक सोधपुछ गरेको छ। सिआइबीले मंगलबार गुरूङसँग ४ घन्टा भन्दा लामो समयसम्म सोधपुछ गरेको हो। मंगलबार मध्याह्न १२ बजेदेखि अपराह्न ४र५ बजेसम्म गुरुङ सँग बयान लिएको छ । गुरुङसंग सम्बन्ध विच्छेद गेरेकी सहकारीको रकम हिनामिन गरेको आरोपलागेकी ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका गुरूङ श्रीमान् हुन्। धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी बारम्बार गर्दै आइ रहेका छन। सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ।