भक्तपुर विहान ६ बजेर ५० मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ। भूकम्पको ठूलै धक्का काठमाडौंसम्म महसुस भएको छ। बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए।