नविन पन्त शुक्रबार, मंसिर १४, २०८१

भक्तपुर-  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। शुक्रबार म्याद थप गर्नको लागि अदालत लगिएको थियो भने जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो। प्रसाईंलाई प्रहरीले मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए।