नविन पन्त शुक्रबार, कार्तिक ०२, २०८१

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलिले पार्टी कार्यालय बनस्थलिबाट पक्राउ गरेको हो। पक्राउ अघि रास्वपा कार्यालय अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दावी समेत गरेका छन्। साथै उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफूलाई पक्राउ गरेको बताउँदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए। छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए। प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुँदै पोखरा लैजाने तयारी समेत गरेको छ।