भक्तपुर । यस वर्षको दशैँमा भिडेका तीन चलचित्रमध्ये `छक्का पञ्जा ५´ र `१२ गाउँ टक अफ द टाउन बनिरहेका छन् । प्रदर्शनमा आएको तेस्रो चलचित्र `ज्वाइँ साब´ केही ओेझेलमा परे पनि माउथ पब्लिसिटीको राम्रो पाएकोमा पछिल्लो दिन पिकअप लिन सफल भएको छ ।
फूलपातीको दिनबाट रिलिज भएको ‘ज्वाइँ साब’ ले दुई चलचित्रको तुलनामा कम शो पाएको थियो । कम सो भएकै कारण व्यापारिकरूपमा कमजोर ओपनिङ गरे पनि अहिले चलचित्रले राम्रै भिड बटुल्न सफल भएको हो । बलियो वर्ड अफ माउथले चलचित्रलाई साथ दिएको निर्देशक वसन्त निरौलाको दाबी गरेका छन । चलचित्र हेर्ने अधिकांश दर्शकले यश चलचित्रले उठाएको कथावस्तुको खुलेरै तारिफ गरेका छन् । चलचित्रमा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न सफल भएको बुझाइ निर्माण पक्षको छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।