नबिन पन्त शनिबार, आश्विन १२, २०८१

भक्तपुर । निरन्तर भै रहेको बर्षातको कारण देशभर बाढि पहिरो बढिरहेको अवस्थामा पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ। शव भेटिएका तीन जनाको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए। यस्तै इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन्। इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन्।