नविन पन्त शनिबार, आश्विन १२, २०८१

भक्तपुर काठमाडौंको चन्द्रागिरि नगरपालिका(२ मसिनेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु हुँदा दुई जना घाइते भएका छन। शनिबार बिहान माथिबाट आएको पहिरोले गर्वे तामाङको घर पुरिएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा तामाङसहित उनकी श्रीमती ३६ वर्षीया सविना तामाङ छन्। पहिरोमा परेर उनकी आमा ठूलीमाया तामाङ र छोरी विनिसा तामाङ घाइते छन्। घाइते उनीहरूको एपिएफ अस्पताल सतुङ्गलमा उपचार भइरहेको प्रहरी जनाएको छ।