नविन पन्त शनिबार, आश्विन १२, २०८१

भक्तपुर – सप्तकोशी नदीसहित प्रदेशका धेरै नदीहरुले खतराको तह पार गरेपछि प्रदेश सरकारले प्रदेशबासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। बाढीपहिरोका कारण शनिबार बिहान सम्ममा कोशी प्रदेशमा पाँच जनाको मृत्यु भइसकेको छ भने कम्तीमा आठ जना बेपत्ता छन्। कोशी नदीले खतराको तह पार गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरु कोशी बराजतिर लागेका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार मुख्यमन्त्री कार्कीले सबै सुरक्षा अंगलाई उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन । लगातारको झरीले डुबान भएपछि मोरङमा एक सयभन्दा बढी परिवार विस्थापित भएका छन्।