नबिन पन्त बुधबार, साउन २३, २०८१

भक्तपुर । बलात्कारका विषयमा अदालतबाट भएका विभिन्न फैसलाहरुका विषयमा धेरै थरिका प्रश्नहरु उठिरहेका बेला सर्वोच्च अदालतले बलात्कार ठहर हुने वा नहुने सम्बन्धमा ऐतिहासिक व्याख्या गरेको छ । सर्वोच्चले एक मुद्दाको फैसलाको पूर्णपाठमा ‘शारीरिक सम्बन्ध राख्दैमा बलात्कार मान्न नसकिने’ व्याख्या गरेको छ ।
नवलपरासीमा भएको घटनापछि दर्ता भएको यो मुद्दामा सुरुमा नवलपरासी जिल्ला अदालतले फैसला गरेपछि उच्च अदालत दाङको बुटवल इजलासमा समेत चलेको यो मुद्दा चलेर फैसला भएपछि सर्वोच्च अदालतमा पुनरावेदन हुन आएको थियो । सर्वोच्चले यो ऐतिहासिक व्याख्या गरे सङ्गै बलात्कारको आरोप लागेका अभिमन्यु अहिर (यादव)लाई सफाइ दिएको हो ।
यो मुद्दामा जिल्ला अदालत नवलपरासी र उच्च अदालत तुलसीपुरको बुटवल इजलास दुवैले आरोपीलाई दोषी ठहर गरेका थिए । जिल्ला अदालत नवलपरासीले ८ वर्ष कैद र २५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेकोमा उच्च अदालतले सोही फैसला सहर गरेको थियो । सर्वोच्च अदालतले आफ्नो फैसलामा पीडित भनिएकी महिला र आरोपीबीच प्रेम सम्बन्ध रहेको र सहमतिमै शारीरिक सम्बन्ध कायम भएको तर पछि पीडित भनिएकी महिलाले आफ्ना बाबुको दबाबमा आरोपीविरुद्ध कसुर लाग्ने गरी झुटो बयान दिएको ठहर गरेको छ ।