नविन पन्त बुधबार, साउन २३, २०८१

भक्तपुर। जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपालले आज भारतको सामना गर्दै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ। मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गर्दै फाक्ष्नलमा स्थान बनाएको थियो भने पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो। लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ। फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थिति हुने भएका छन्। त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुने छ।