नविन पन्त बुधबार, साउन ०९, २०८१

भक्तपुर -सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले के कारण उक्त दुर्घटना भएको बुझ्न निर्देशन दिइसकेको बताएका छन् । उनले भनेका छन् ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ’ ‘नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु।’ उनले दुःखद घडीमा सबैलाई धैर्य रहन पनि अनुरोध गरेका छन् । यसअघि गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे पनि घटनास्थल पुगेर अवस्थाको जानकारी लिएका थिए ।