भक्तपुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार चौथो पटक विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ। तर प्रधानमन्त्रीको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ। नेपाली कांग्रेस र नेकपा (एमाले)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ त्यस्तै जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा लगायतका पार्टीहरूले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।