नविन पन्त बिहिबार, आषाढ १४, २०८१

भक्तपुर – अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। उनी बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए। राइले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो। राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए। मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ। गायक राई बेल बेलामा मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन्