Fursad Times शुक्रबार, भाद्र २६, २०७७

भक्तपुर- मध्यपुर थिमि नगरपालिका-९ निकोसेरामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलका अनुसार मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको थियो । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको बताए साथै घटना के कारण भएक भन्ने बारेमा अनुसन्धान थालेको बताए ।