नबिन पन्त आइतबार, जेठ २७, २०८१

भक्तपुर । अछाम र दैलेख दुई  जिल्लालाई जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेका १४ वटा खच्चड पुलमै बिहानैदेखि  फसेका छन् । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ समेत बन्द भएको छ ।

उक्त झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले दैलेखको आठबीस नगरपालिका ४ र अछामको पञ्चदेवल बिनायक नगरपालिका ९  लाई जोड्छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिएका छन भने  ।
‘सबै सुरक्षा निकाय, उद्धार टोलीदेखि लिएर छिमेकी जिल्लामा पनि सबैलाई जानकारी दिइसकेका छौं,’ उनले भने, ‘टोली त्यहाँ पुग्दै होला । बाँकी बुझ्दैछौं ।’