Fursad Times सोमबार, भाद्र १५, २०७७

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ भएको छ। ग्राण्डी अस्पतालमा आफू र श्रीमतीले कोरोनाको परीक्षण गर्दा आफूलाई कोरोना भएको उनले जनाएका छन्। उनले आफू हाल होम आइसोलेशनमा रहेकोसमेत बताएका छन्। उनले आफूमा कुनै लक्षण भने नभएको र स्वस्थ रहेको बताएका छन्। डिसी नेपाल