नबिन पन्त सोमबार, जेठ २१, २०८१

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनलाई आज प्रहरीले बालुवाटारबाट निर्देशक थापालाई पक्राउ गरेको हो । थापालाई चलचित्रको छायांकन भै रहेको स्थान मालीगाउँबाट पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाइएको हो ।

फिल्म ‘प्रसाद २’को विषयमा थापालाई केही महिना अगाडि नै पक्राउ पुर्जी जारी भए पनि थापाले लामो समयसम्म प्रहरीको आँखा छल्दै भागिरहेका थिए ।

‘प्रसाद २’का निर्माता मध्येका एक सुदर्शन बस्नेतले दिएको आर्थिक लेनदेन र ठगीको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । थापालाई म्याद थपका लागि जिल्ला अदालत ल्याउने तयारी समेत गरिएको वुझिएको छ ।