Fursad Times सोमबार, भाद्र १५, २०७७

भक्तपुर । ८४ वर्षिय भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ। वितग केही दिनदेखि कोमामा रहेका मुखर्जीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रणवका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिएका छन्।

मुखर्जीलाई कोरोनासमेत भएको थियो। उनको दिल्लीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बेला उनिमा कोरोना पोजेटिभ पनिदेखिएको थियो । कोमामा रहेका मुखर्जीको सो अस्पतालमा उनको एक सर्जरीसमेत गरिएको थियो। मुखर्जी भारतीय काँग्रेसका पूर्व नेतासमेत हुन्