नविन पन्त बुधबार, जेठ १६, २०८१

भक्तपुर – काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटना तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन । काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार अनियन्त्रित भई सडक भन्दा अन्दाजी २५० मिटर तल खोल्सामा खसेको हो। उक्त कारमा दुई महिला, दुई पुरूष र एक बालिका सवार थिए। बालिका र दुई पुरूषको मृत्यु भएको र घाइते भएका दुई महिलालाई उपचारको लागि अस्पताल लगिएको डिएसपी भण्डारीले बताए। आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार मृतक मनहरि गाउँपालिका ८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनकी तीन महिने छोरी अर्जिता भित्रीकोटी रहेको र अर्का एक जना पुरूषको पहिचान खुल्न बाँकी छ। मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ।