नबिन पन्त बिहिबार, जेठ ०३, २०८१

भक्तपुर – जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटकबाट सफाइ पाएसङ्गै क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-ट्वेन्टी विश्वकप खेल्ने पक्का भएको छ । सन्दिपलाई विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनलाई हस्टनमा हुने दुईवटा अभ्यास म्याचसमेत खेल्ने गरी पठाउन लागिएको अध्यक्ष चन्दले जानकारी दिए । अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने नेपाली टोलि भने यसअघि नै अमेरिका पुगिसकेको छ ।