नबिन पन्त बिहिबार, जेठ ०३, २०८१

भक्तपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका १, ढक्कास्थित कालोपत्रे गरिएको पक्की सडकमा बिहीबार दिउँसो विस्फोटक पदार्थ पड्किएको छ। विस्फोटक पदार्थ पड्किएर पक्की सडकमा ठूलो खाल्डो परी धुवाको मुस्लो देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे पछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको अनुसन्धानका क्रममा सेनाले पुरानो बाल्टिनको तल्लो भाग र बेरिएको पोलिथिनको टुक्रा फेला परेको जनाकारी आएको छ । विस्फोटक पदार्थ पड्किँदा हुलाकी सडकखण्डको करिब दुई मिटर जति गोलाइमा खाल्डो परेर क्षति पुगेको छ ।
प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ बाल्टिन बमजस्तो देखिएको जनाउँदै फेला परेका वस्तुलाई थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइने सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ ।