नबिन पन्त बुधबार, जेठ ०२, २०८१

भक्तपुर  नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल गतिविधिबाट गरेको निलम्बन फुकुवा गरेको छ । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेर ८ बर्षको जेल सजाय तोके सङ्गै  उनलाई क्यानले राष्टिय तथा अन्तरास्ट्रिय सबै खाले क्रिकेटरबाट निलम्बन गरेको थियो तर क्रिकेटर सन्दीप लामिछानेलाई आज उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले पनि उनी माथी लगाइएको निलम्बन फुकुवा गरेको हो ।
क्यानले एक विज्ञप्ति जारी गर्दै आफ्नो फेसबुक पेजमा ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं,’ भन्दै लेखेको छ ।
निलम्बन फुकुवासङ्गै लामिछानेलाई विश्वकप खेल्न पठाउने बारे नेपाल क्रिकेट संघ क्यानमा छलफल भइरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिम भने विश्वकपमा लागि यस अघिनै अमेरकीका पुगिसकेको छ ।