नबिन पन्त बुधबार, जेठ ०२, २०८१

भक्तपुर। उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई उच्च अदालतले निर्दोष भएको ठहर गरेको छ। न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको हो।
मंगलबार न्यायाधीशद्धय भट्ट र उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो। मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो। अन्तिम समयमा न्यायाधीशले सन्दिप र गौशाला २६ होटल पसेको र निस्केको सिसिटिभी फूटेज समेत हेरेका थिए ।
गौशाला २६ले हालेको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो।