Fursad Times आइतबार, भाद्र १४, २०७७

भक्तपुर – रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो।

सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार , एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै सङ्क्रमणको कारक बन्न पुग्यो।

सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत नै छन्। भदौ ७ मा नागरिक अस्पतालमा अन्य पाँच जनाको पिसीआर परीक्षण गरियो।

उनीहरुको रिपोर्ट पनि पोजेटिभ आयो। भदौ ७ मा निजामती अस्पतालमा भर्ना भएकी सङ्क्रमितकी छोरी ८ गते सुत्केरी भइन् र ९ गते डिस्चार्ज भइन्। बुबालाई कोरोना सङ्क्रमण भएर पाटन अस्पताल लगेपछि सोही अस्पतालमा रु पाँच हजार ५०० तिरेर उनले पनि १० गते पिसीआर गरिन्। ११ गते सुत्केरीमा पनि सङ्क्रमण देखियो।

परिवारका अन्य १० जनाको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा पिसीआर गरियो। अन्ततः परिवारका सबैमा कोरोना सङ्क्रमण देखियो । उनीहरुलाई कहाँ जाने र के गर्नेको अवस्थामा पु-यायो। “बुबालाई शुरुमा कोरोनासँग मिल्ने लक्षण देखियो।

एकबाट १४ जनामा सङ्क्रमण फैलिनु त्यो परिवारका लागि निकै कष्टकर समय थियो। चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्धासहित उनीहरुको परिवारलाई न दिनमा भोक, न रातमा निद्राझैँ भएको बेलामा अर्को आपत्ति आइलाग्यो। वडाध्यक्षसहितको जनप्रतिनिधि र स्थानीय केही व्यक्तिले टोलमा सङ्क्रमण फैलिन सक्छ भन्दै प्रहरीकै अगाडि घर छाड्न दबाब दिन थालेको बताइएको छ।,   डिसि नेपाल https://youtu.be/p_fotKqsd