नविन पन्त मंगलबार, बैशाख ११, २०८१

भक्तपुर गायक, गीतकार तथा संगीतकार ईश्वर मगीयाको आफ्नो उन्नाईसौँ सांगीतिक एल्बम सेटिस्फ्याक्सनमा समाबेश भएको गीत ‘आँखामा’ को भिडियो सार्वजनिक गरेका छन । देबेन्द्र बब्लु र जुना विश्वकर्माले अभिनय गरेको भिडियोमा स्वयम गायक मगीया पनि देखिएका छन् । उक्त गीतको भिडियोलाई विशाल घिमिरेको निर्देशन गरेका छन । तास स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ तथा एरेन्ज विजेश्वर राज तन्डुकारको रहेको छ भने भिडियाको सिनेम्याटोग्राफर तथा सम्पादक पवन सुस्लिङ हुन ।