नबिन पन्त शनिबार, बैशाख ०१, २०८१

भक्तपुर। एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धका खेलमा नेपालका दिपेन्द सिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका छन्। ऐरीले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै किर्तिमानी ब्याटिङ्ग गरेका छन । अन्तराष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी पाचौँ खेलाडी बनेका छन् भने नेपालका लागि पहिलो हुन्।