नविन पन्त शुक्रबार, चैत्र ३०, २०८०

भक्तपुर। बिगत लामो समय देखी माइतीघर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो।प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।