नबिन पन्त बिहिबार, चैत्र २९, २०८०

भक्तपुर : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित गाउँ नजिकैको सुँ सामुदायिक वनमा लागेको आगलागीमा परेर एउटै घरका दाजुभाइसहित तीन बालहरु घाइते भएका हुन्। आगलागीमा परि घाइते हुनेमा १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।

दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरू आगलागीमा परेका थिए। घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएएको छ।
जिल्ला अस्पतालले ती बालकहरूलाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेपनि मौसमका कारण काठमाडौंबाट हेलिकप्टर जान नसकेर उपचार हुन सकेको छैन भने ती बालकहरूको अवस्था गम्भीर भएको डोल्पाका प्रहरी प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।