नविन पन्त सोमबार, चैत्र १९, २०८०

भक्तपुर : अटिजमको विषयमा केन्द्रित भएर निर्माण भएको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फस्ट लुक्स सार्वजनिक भएको छ। फिल्मको निर्देशक तथा लेखक अनिता पण्डितले अटिजमबाट पीडित सन्तान र उनको आमाले भोग्न परेको भोगाइको कथालाई पर्दामा ल्याउन लागेकी हुन्। यस फिल्मा निर्देशक अनिता स्वयमले अभिनय समेत गरेकी छिन्। फिल्ममा उनीसँगै कलाकार सुरविना कार्की, रोशनी कार्की, निशान चौहान, कैलाश रावल, बाल–कलाकार आश्वि घिमिरेले अभिनय गरेका छन्। सार्वजनिक भएको पोस्टरमा समान लिङगीबीचको प्रेमको कथा समावेश भएको अनुमान गर्न सकिन्छ। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।