नविन पन्त आइतबार, चैत्र १८, २०८०

भक्तपुर स्मृति पोख्रेल र राजन श्रेष्ठको स्वरमा रहेको गीत ‘दौरा चोली’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । निर्भाना प्लसको ब्यानरमा सुपक अधिकारीको प्रस्तुति रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्मृतिकै शब्द र लय सिर्जना रहेको गीतको भिडियोमा केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन, सुमन शंकरको शृंगार र शंकर अधिकारी ‘घायल’को निर्देशन छ। मेलापात जादा गरिनै ठ्ट्यौली पारामा गीतको भिडियो तयार पारिएको भिडियोमा राजन महर्जन, मोहन गमाल, सजिना लामिछाने, प्रेमा मगर, पासाङ तामाङ, स्मृति पोख्रेल, प्रदीप बस्नेत, सोनाक्षी महत, भानु पाण्डे, सम्झना शाही, प्रगती बस्नेतलगायत कलाकारको अभिनय तथा नृत्य छ ।