नविन पन्त आइतबार, चैत्र १८, २०८०

वि.स. २०५६ सालमा स्थापना भएको धुलिखेल नगरपालिका वडा नं. ८ स्थित श्री विनायक बाल आधारभूत विधालयले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाएको छ । स्थापना देखि नै विधलय व्यवस्थापन समितिको अध्यक्ष रहेका चोला बहादुर गौतमको सभापति रहेको कार्यक्रममा माननीय संघीय प्रतिनिधि, सांसद सुर्यमान दोङ प्रमुख अथिती हुनुहुन्थ्यो भने धुलिखेल नगरपालिकाका प्रमुख,उपप्रमुख, वडा नं. ८ अध्यक्ष लगाएतका व्यक्तिहरु विशिष्ट अथिती हुनुहुन्थ्यो । सोही विधालयका प्रध्यापक श्याम ढलकुटि उदघोषक रहेको कायक्रममा नानिराम धितालले स्वागत मनतव्य दिनु भएको थियो भने दामोदर बडालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्पथाक चोला बहदुर गौतम,दामोदर बडाल, स्व.नेत्र कुमारी बडाल नानिराम धिताल र कमल रुपाखेतीलाई विशिष्ट सम्मान गरिएको थियो । त्यस्तै हाल कार्यरत शिक्षक, पुर्व शिक्षक, हालको विधालय व्यवस्थापन समितीका पदधिकारी ,पुर्व विधालय व्यवस्थापन समितीका पदधिकारी, शिक्षक अभिभावक समितीका पदधिकारी, पुर्व जेहेन्दार विधार्थी, बिधालयलाई सहयोग गर्ने विभिन्न संघसस्थाहरु, अभिभावकरुलाई समेत सम्मान गरिएको थियो । सथै पुर्व विद्यार्थीहरुले १३०००० (एक लाख तीस हजार ) बराबरको छात्रवृती कोष खडा गरेका थिए भने कार्यक्रमा बिधालयका भाइबहिनीहरुले गित तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । उपस्थित प्रमुख अथिती, विशिष्ट अथितीहरुले विधालयको प्रगतिको लागि शुभकामना दिनु भएको थियो भने अन्त्यमा सभापतिले आफ्नो भनाइ राख्दै कार्यक्रम समापन गरिएको थियो ।