नविन पन्त सोमबार, चैत्र १२, २०८०

गायिका एलिना चौहानले अस्ट्रेलिया बस्दै आएका प्रेमी विष्णु सापकोटासँग वैशाख ५ गते झापाबाटबिहे गर्न लागेकी छिन । दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्। एलिना र विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्। एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छुु, के माया लाग्छ र, मिनरल वाटर, जस्ता गीतहरू उनका निकै चलेका गीत हुन्। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनी गीतसंगीतमा समेत सक्रिय छन्। एक दर्जन बढी गीत लेखेका उनले एलिनासँग गीतमा स्वर समेत दिएका छन्। पछिल्लो समय यी दुईको ुब्रेकअपु को चर्चा समेत चलेको थियो।