Fursad Times बुधबार, फाल्गुण ३०, २०८०

भक्तपुर । हङकङमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको फाइनलमा खेल  नेपाल र पपुवा न्युगिनी (पी.एन.जी) आज्नदिउँसो पौने १२ बजे सुरु हुनेछ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै नेपालसँगको फाइनल भिडन्त तय गरेको हो ।

त्यस्तै हिजै भएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । समुहका दुई खेलबाट नेपालले तिन अंक जोड्यो भने पीएनजीले दुई अंक जोड्यो । श्रृंखलाको आयोजक टोली हङकङको भने एक अंक मात्रै रहदै बाहिरिएको छ ।