नबिन पन्त बुधबार, फाल्गुण २३, २०८०

भक्तपुर – पिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीबाट त्रिशूली नदीमा खसेको हो । नदिमा खसेको उक्त बसमा सवार घाइते यात्रुको उद्वार गरि उपचारका लागि गजुरी अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।
मृतक र घाइतेको पहिचान भने अहिले सम्म खुलेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।