नबिन पन्त बुधबार, फाल्गुण ०९, २०८०

भक्तपुर – स्वयम्भूमा मृत फेला परेका तीन जनाको सनाखत भएको छ । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका थिए। मृत्यु हुनेहरुको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सो स्थानमा खटिएका छन।
कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार दुई बच्चा र एक महिला मृत फेला परेका हुन्।
ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका छन्।